नियम
उपसमितिको काम, कर्तब्य र अधिकार

(१) उपसमितिको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) समितिको नीति निर्देशनको अधीनमा रही जग्गाको मुआब्जा निर्धारण गर्ने,
(ख) नेपाल सरकारले प्राप्त गरेको जग्गाको मुआब्जा निर्धारण गरी समिति मार्फत नेपाल सरकार समक्ष सिफारिस पेश गर्ने,
(ग) जग्गाको मुआब्जा निर्धारण गर्ने प्रयोजनको लागि जग्गा प्राप्त गर्दाको मितिमा त्यस्तो जग्गाको प्रचलित मोल निर्धारण गर्न आवश्यक जाँच पडताल गर्ने,
(घ) जग्गाको मुआब्जा निर्धारण गर्ने सिलसिलामा आवश्यक पर्ने विवरण त्यस्ता जग्गाको लगत रहेको कार्यालयबाट प्राप्त गर्ने,
(ङ) समितिको निर्देशनको अधीनमा रही जग्गाको मुआब्जा निर्धारण गर्न आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।